३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाको वायु मापदण्डभन्दा ७ गुणा बढी प्रदूषित

अ+ अ-

काठमाडौं उपत्यकाका सडक र आसपासका क्षेत्रमा प्रदूषणको मात्रा तीव्र भइरहँदा वायुमण्डलमा समेत प्रदूषण उच्च छ । तोकिएको राष्ट्रिय मापदण्डभन्दा ७ गुणाभन्दा बढी प्रदूषण वायुमण्डलमा पाइएको छ ।

उपत्यकाको वायुमण्डलको प्रदूषण अवस्था पत्ता लगाउन ड्रोनमार्फत अनुगमन गर्दा बिहानको समयमा प्रदूषणको मात्रा उच्च देखिएको हो । ड्रोनले भक्तपुरको सानोठिमीको वायुमण्डल विभिन्न चरणमा अनुगमन गर्दा बिहानको समयमा वायुको गुणस्तर राष्ट्रिय मापदण्डभन्दा ७ गुणा बढी नाघेको पाइएको हो । सरकारले तोकेको वायुको गुणस्तर ४० माइक्रोग्राम प्रति घनमिटर हो ।

मुलुकको वायु गुणस्तर पत्ता लगाउन सतही वायुमापन यन्त्र प्रयोग हुँदै आएकोमा यही प्रयोजनका लागि पहिलोपटक ड्रोन प्रयोग गरिएको दाबी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई असर नपर्ने गरी सानोठिमीमा ड्रोन उडान अनुमति दिएपछि विश्व विद्यालय अनुदान आयोग परिसर र आसपासको खुला ठाउँमा ड्रोनले प्रदूषण अनुगमन गरेको हो । ड्रोनले मंगलबार बिहानदेखि साँझसम्म विभिन्न चरणमा सानोठिमीको वायुमण्डलको २ सय ५० मिटर आसपासको उचाइसम्म प्रदूषण अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिहान ७ बजे आसपासको समयमा २ सय ९० माइक्रोग्राम रहेको वायुमण्डलको प्रदूषण १० बजे ५० माइक्रोग्राममा झरेको थियो । सोही आसपासको उचाइमा ड्रोन उडाउँदा ३ बजे ५० र साँझ साढे ५ बजे ४० माइक्रोग्राममा प्रदूषण घटेको पाइएको अध्ययन टोलीका संयोजक प्राडा रामप्रसाद रेग्मीले जानकारी दिए।

काठमाडौं भित्रिने उत्तर–पश्चिमी र दक्षिण–पश्चिमी वायुले प्रदूषणलाई काभ्रेका साँगा र नाला भञ्याङतर्फ धकेल्ले हुनाले उपत्यकाको वायुमण्डलको प्रदूषण बिहान ११ बजेपछि क्रमशः घट्ने गरेको उनले बताए। आजको नेपाल समाचार पत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस