सिंहदरबारमा सौर्य उर्जा प्रणालीबाट बत्ती बाल्न शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरबारमा सौर्य उर्जा प्रणालीबाट बत्ती बाल्न शुरु


प्रशासन विशेष ब्युरो

२७ चैत्र २०७४, मंगलबार


काठमाडौँ । सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ ।

सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रूपमा उद्घाटन गरेसँगै मेगावाट क्षमताको सोलार प्लान्टबाट बत्ती बालिएको हो ।

चीनको सहयोगमा निर्माण भएको उक्त सोलार उर्जा प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, शिक्षा, संघीय मामिला मन्त्रालयसहित सिंहदरबारस्थित बिभिन्न २१ वटा भवनका छतमा जडान गरिएका सोलार प्यानलबाट उत्पादन गरिएको हो ।

चाइना एड फोटोभोल्टिक परियोजनाको सोलार ऊर्जा विद्युत् प्राधिकरणको ग्रिडमा जोडिने उक्त परियोजना करिब ६० करोड रुपैयाँ लागतमा निर्मित भएको हो ।

चीन सरकारले औपचारिक रूपमा हस्तान्तरण गरिसकेको उक्त परियोजना हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ दूतावासका इकोनोमिक काउन्सिलर वाई पिङले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस