चन्दा माग्दै हिडेको आरोपमा विप्लवका चार कार्यकर्ता पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चन्दा माग्दै हिडेको आरोपमा विप्लवका चार कार्यकर्ता पक्राउ


२७ चैत्र २०७४, मंगलबार


काठमाडौं । व्यापारीसँग चन्दा असुली गर्दै हिँडेका अखिल क्रान्तिकारी विप्लव समूहका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरले मंगलबार उनीहरुलाई न्यूरोड र दरबारमार्ग क्षेत्रका व्यापारिहरुसँग चन्दा उठाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा नविन केसी, प्रज्जवल शाही, सन्तोष ऐरी र रामकुमारी डाँगी रहेका छन् ।

प्रहरी आएको थाहापाउने वित्तिकै सहयोग रसिद, पत्र र प्याडहरु च्याती भाग्न खोजिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस