बुढानिलकण्ठका कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुढानिलकण्ठका कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित पक्राउ


प्रशासन विशेष ब्युरो

२७ चैत्र २०७४, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

सोमबार राति ८ बजे अख्तियारको टोलीले दुबै जनालाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नं ३ को कार्यालय नजिकै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले उनीहरुको साथबाट ५ लाख नगद र दुर्इ थान सवारी साधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस