गुणस्तरीय बीउ नरोप्दा किसानलाई घाटा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गुणस्तरीय बीउ नरोप्दा किसानलाई घाटा


२६ चैत्र २०७४, सोमबार


ललितपुर । किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् ।

आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताए ।

किसानले आफ्नो ठाउँको हावापानीअनुसारको आलुको जातको बीउ रोप्दैनन् । उनी भन्छन्, ‘धेरै किसानले आलुको जात भनेकै सेतो र रातो मात्रै हो भन्ने ठानेका छन्।’ बीउ गुणस्तरीय नहुँदा उत्पादन कम हुन्छ। भारतबाट आयात गरिने आलु सस्तो भएका कारण किसान त्यसतर्फ आकर्षित हुने गरेका छन्।

‘एउटै बीउ धेरै वर्षसम्म लगाउँदा किसानले पर्याप्त आम्दानी लिन सक्दैनन्,’ गौतमले भने। नार्कले सिफारिस गरेका बीउ तीन/चार पुस्तासम्म रोप्न सकिने उनको भनाइ छ ।

उच्च पहाडी भेगभन्दा तराईमा आलुको बीउ चाँडो फेर्नु पर्छ । बीउ चक्र पूरा नहुँदा नार्कले उत्पादन गरेका बीउ सबै किसानका लागि पर्याप्त हुँदैनन् । उनी भन्छन्, ‘सजिलै र सस्तो मूल्यमा भारतबाट बीउ आयात गरिने हुँदा तराईका अधिकांश किसान भारतीय बीउ रोप्छन् ।’ पहाडमा भने आफूले भण्डारण गरेको बीउ किसानले धेरै वर्षसम्म रोप्ने गरेका छन् । मुलुकको हिमालदेखि तराईसम्मका अधिकांश जिल्लामा आलुखेती हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस