२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालसन्तमाथि आक्रमणको आशंकामा दुई पक्राउ

अ+ अ-

विराटनगर । प्रहरीले बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा आज दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुई जनासँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए । आचार्यमाथि गोली प्रहार भएलगत्तै मोरङमा प्रहरीले खोज अभियानलाई तीव्रता दिएको थियो ।

विराटनगर–१४ स्थित जतुवामा गएराति १ः४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेको उनको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । घटनास्थलमा मङ्गोल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

सुनसरीको चकरघट्टीस्थित लक्ष्मी बैंकटेश मन्दिरका ५० वर्षीय आचार्य आजदेखि विराटनगर–१४ स्थित रामजानकी मन्दिरमा श्रीमद्भागवत पुराण वाचनका लागि आएका थिए ।

आचार्यको स्वास्थ्य अवस्था बुझ्न १ नं प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रमुख न्यूरो अस्पताल पुगेका थिए । रासस