करेन्ट लागेर महिलाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

करेन्ट लागेर महिलाको मृत्यु


२५ चैत्र २०७४, आइतबार


राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

मुटु शिविर

यसैगरी सगरमाथा महेश्वरी युवा मञ्च तथा राजविराज नगरपालिका वडा नं ७ को आयोजनामा शनिबार यहाँ एकदिने निःशुल्क मुटु शिविरको आयोजना गरिएको छ ।

नोबेल अस्पतालका मुटु रोग विशेषज्ञ डा राजेश नेपालको नेतृत्वको टोलीले राजविराजमा निःशुल्क उपचार गरेको बताइएको छ ।

उक्त शिविरमा राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न ठाउँका ९७ जनाले मुटु जाँच तथा इसिजी गराएको सगरमाथा महेश्वरी युवा मञ्चका महासचिव होमेश कावराले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस