सरकारको कामप्रति प्रचण्ड नै असन्तुष्ट « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

सरकारको कामप्रति प्रचण्ड नै असन्तुष्ट


२५ चैत्र २०७४, आइतबार


काठमाडौं । वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट देखिएका छन् ।

पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् ।

‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न,’ प्रेस सेन्टरका नेताहरूलाई शनिबार अध्यक्ष दाहालले भने, ‘सरकार सञ्चालनको विधि तौरतरिका अपनाएर अघिबढ्नुपर्ने देखिन्छ ।’

दाहालले प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा खुलाएनन् । तर, उनले सरकारको काम प्रभावकारी ढंगले अघि बढाउन विधि बनाएरै अघि बढ्नुपर्नेमा भने जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयका रूपमा बिहीबार साँझ ३० सचिवको सरुवा गरेका थिए । कुनै पनि मन्त्रीहरूसँग सुझाव र छलफल नै नगरी सचिवहरूको सरुवा भएको भन्दै एमाले–माओवादी दुवै पार्टीबाट सरकारमा सहभागिता जनाउने मन्त्रीहरू नै सचिव सरुवाको विषयमा असन्तुष्ट छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस