सलमानलाई धरौटीमा रिहा गर्न अदालतको आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सलमानलाई धरौटीमा रिहा गर्न अदालतको आदेश


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


काठमाडौँ । कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय सुनाइएका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतले शनिबार खानलाई ५० हजार धरौटी रकम बुझाउन लगाएर रिहा गरेको हो। खानलाई दुई वटा कालो हरिण मारेको हुनाले अदालतले खानलाई २५ २५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ।

जेलबाट छुटे लगत्तै उनलाई प्रहरीले स्कर्ट गरेर जोधपुर विमानस्थलस पुर्‌याएको थियो। खान विमान चार्टर गरेर शनिबार नै मुम्बई फर्केका छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस