३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अाेलीलाई भेटेर प्रसन्न छु : मोदी

अ+ अ-

नयाँदिल्ली । भारतीय समकक्षी नरेन्द्र मोदीले ट्वीट गरेका छन्– ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रसन्न छु ।’ मोदीसँग भेटवार्ता गरेर नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा आइपुगेका प्रधानमन्त्री ओली पनि निकै प्रसन्न देखिन्थे ।

‘भेटघाट मुलुकलाई समृद्ध बनाउनेमा केन्द्रित र फलदायी रह्यो,’ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेरो उहाँ (प्रधानमन्त्री मोदी) सँग नेपाल–भारत सम्बन्धलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्नेमा छलफल भयो । उहाँ पनि नेपालसँग राम्रो सम्बन्ध राखेर भारत अघि बढ्न चाहनेमा स्पष्ट हुनुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध सधैं मित्रभावमा र सबै स्तरमा अघि बढाउनेबारे समेत छलफल भएको जानकारी दिए । ‘नेपाल र भारतबीच असमझदारी यसअघि नै हटिसकेको छ,’ उनले थपे, ‘दुई देशबीचको पुरानो र घनिष्ट सम्बन्धलाई कसरी एकअर्काका परिपूरकका रूपमा थप प्रगाढ बनाउने भन्नेमा छलफल बढी केन्द्रित भयो ।’

रात्रिभोजका पाहुनाहरूमाझ प्रधानमन्त्री ओली निकै उत्साही देखिन्थे । उनले झन्डै एक घण्टा उभिएर कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूलाई भेटे ।

दुई प्रधानमन्त्रीबीच शनिबार भेटघाट गर्ने कार्यक्रम तय थियो । तर, शुक्रबार साँझै एक घण्टाभन्दा बढी एक्लाएक्लै ९वान अन वान० भेटवार्ता भयो । ओलीले भने, ‘नेपाल र भारतबीच अब कुनै समस्या छैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस