काठमाडौं । गहमन्त्रालयले सरकारी गाडीमा निजी नम्बर राख्न नियन्त्रण गर्दै जाने कार्ययोजना बनाए पनि बिहीबार मात्रै सुरुवा भएका गृहसचिव मोहनकृष्ण सापकोटा अझै निजी नम्बर प्लेको गाडी चढ्दै आएका छन्।
सरकारी गाडीको दुरुपयोग बढ्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयलाई यसतर्फ ध्यान दिन आग्रह गरेका थिए। अन्य मन्त्रालयका केही सचिवले प्रयोग गर्दै आएका सरकारी गाडीमा राखिएको निजी नम्बर प्लेट परिवर्तन गरेर सेतो राखिएको छ।
अरुलाई कार्यान्वयनका लागि पत्र लेख्ने मन्त्रालयका सचिवले नै नियमको उल्लंघन गरेका छन्। उनले बा ६ च १०२५ नम्बरको गाडीमा पछाडि सशस्त्रको टुकडीसहितको गार्ड लिएका हिँड्ने गरेका छन्। आजको नेपाल समाचारपत्रमा खबर छ ।