२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगातार चौथो जितसँगै काठमाडौं प्लेअफमा

अ+ अ-

धनगढी । लगाचार चौथो जितसँगै काठमाडौं गोल्डन्स रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) २ को प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा चौथो जित हात पारेको हो ।

विराटनगरले दिएको १ सय ६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा भेटाएको थियो । ज्ञानेन्द्र मल्लले अन्तिम बलमा छक्का प्रहार गर्दै काठमाडौंलाई जिताएका थिए । ज्ञानेन्द्र ४० बलमा ६८ रनको पारी खेल्दै नटआउट रहे । उनले ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै काठमाडौंका भुपेन्द्र थापाले ३६, सन्नी पटेलले २५ तथा पुष्प थापाले २४ रनको पारी खेले । बलिङ विराटनगरका बसन्त रेग्मीले २ तथा पारस खड्का, शुभम कामत र मन्जित श्रेष्ठले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । उसका हङकङका कप्तान बाबर हायातले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । ३३ बलको सामना गरेका हायातले ६७ रनको पारी खेल्दा ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै दीलीप नाथले ३३ रन जोडे । २७ बल खेलेका दीलिपले १ छक्का र ४ चौका प्रहार गरे । उनीसँगै पृथु बास्कोटाले ११ तथा अनिलकुमार साह र बसन्त रेग्मीले १०–१० रन जोडे । कप्तान पारस खड्का ८ रनमा नटआउट रहे ।

बलिङमा काठमाडौंका ललितनारायण राजवंशीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका ललितले १८ रन खर्चे । यस्तै, रासिद खानले २ तथा सुबोध भाटीले १ विकेट लिएका थिए । रासिद भने केही महंगा भए । उनले ४ ओभरमा ४३ रन खर्चेका थिए ।

प्रतियोगितामा शनिबार विहान महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया तथा दिउँसो टीम चौराह धनगढी र रुपेन्देही च्यालेन्जर्सबीच खेल हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

0 Comments