सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ – रक्षामन्त्री पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ – रक्षामन्त्री पोखरेल


२३ चैत्र २०७४, शुक्रबार


काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको आज निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा नेपाली सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले सेनालाई लोकतान्त्रिककरण नभई व्यवसायीकरण गर्न निर्देशन दिए । मन्त्री पोखरेलले भने, ‘नेपाली सेनाको अनुहारमा राष्ट्रिय एकताको तस्बिर देख्छौँ ।’

नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अतुलनीय योगदान गरेको जनाउँदै उनले यो संस्था नेपाली जनताको भरपर्दो स्तम्भको रुपमा रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उपस्थित थिए । रासस

प्रतिक्रिया दिनुहोस