नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा


२३ चैत्र २०७४, शुक्रबार


धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

घटनामा संलग्न भएका धनगढी उपमहानगरपालिकाका पूर्णप्रसाद खनाललाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

गत फागुन २८ गते साँझ निवासमै गएको एक समूहले गरेको आक्रमणबाट घाइते भएका नगरप्रमुख चौधरीको उपचार जारी छ । रासस

प्रतिक्रिया दिनुहोस