३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विमानस्थलमै ओलीले पाउन सक्छन् मोदीको सरप्राइज’

अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्ली ओर्लेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न चरणको छलफल र समारोहसहित तीन घण्टाभन्दा बढी कुराकानी गर्ने भएका छन् । मोदीको निमन्त्रणामा ओलीको यो भारतको दोस्रो राजकीय भ्रमण हो ।

संविधान जारी भएपछि भारतसँग सम्बन्ध बिग्रेको र अझै पनि सुमधुर हुन नसकेको अवस्थामा दुई प्रधानमन्त्रीबीच हुने लामो भलाकुसारीले सम्बन्ध सहज हुने अपेक्षा कूटनीतिक अधिकारीहरूको छ । पटकपटक गरेर उनले यसरी भेट्न लागेका हुन् । सबै छलफलमा यसअघि भएका सम्झौता कार्यान्वयनमा नै प्रधानमन्त्री ओलीले जोड दिने बताइसकेका छन् ।

निर्वाचनपछि शक्तिशाली प्रधानमन्त्रीका रूपमा दरिएका ओलीलाई मोदीले निकै महत्त्व दिएको विज्ञहरूले बताएका छन् । बिहान राष्ट्रपति भवनमा एकपटक र हैदराबाद हाउसमा दुईपटक मोदीले ओलीसँग भेट गर्नेछन् । बैठकपछि संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा पनि मोदी ओलीसँगै हुनेछन् । द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन नै यो भ्रमण केन्द्रित हुने दुवैतर्फबाट बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ । सम्मान गारतअगावै मोदीले उनलाई स्वागत गर्ने अधिकारीहरूले बताएका छन् । उनले मोदीसँग छलफल गरेपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्रीलाई स्वागत गर्न इन्दिरा गान्धी विमानस्थलमा आउने भारतीय मन्त्रीको नाम खुलाइएको छैन । प्रधानमन्त्री मोदीले विमानस्थलमा कुनै ‘सरप्राइज’ दिन सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री मोदीसँग उनको औपचारिक वार्ता हैदराबाद हाउसमा हुनेछ । मोदीसँग सुरुमा एक्लाएक्लै, सीमित अधिकारीसहित र पछि औपचारिक प्रतिनिधिमण्डलबीच गरेर तीन चरणमा वार्ता हुने कार्यक्रम छ । दुई देशबीच हुने सम्झौता तथा पत्र आदानप्रदानसम्बन्धी कार्यक्रम भने अझै तय भएको छैन ।

परराष्ट्र मन्त्रालयले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना र इन्टिग्रेटेट चेकपोस्टको स्विच अन गरेर दिल्लीबाटै शिलान्यास गर्ने सहमति भएको जनाएको छ । कृषिको आधुनिकीकरणमा सहयोग, रक्सौलबाहेक नेपालगन्ज, सुनौली र जोगबनीसम्म बल्क कार्गो ल्याउने तथा दिल्ली कोलकाता–काठमाडौं रेल सेवा विस्तारसम्बन्धी सम्झौताको गृहकार्य पनि जारी छ । त्यसको बिहीबार अबेरसम्म टुंगो लागेको छैन ।

सम्झौतालगायत अन्य विषयमा छलफल गर्न कार्यवाहक राजदूत भरतकुमार रेग्मीको साथ दिन दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना दिल्ली आइसकेका छन् । उनीहरूले सम्झौताको विषयमा छलफल गर्ने अधिकारीहरूले बताए ।

कृषि क्षेत्र सम्बन्धित समझदारी कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, आवश्यक जनशक्ति उत्पादन र प्रविधि हस्तान्तरणमा केन्द्रित हुने भनिए पनि टुंगो लाग्न भने सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस