बजेटको तयारीमा प्रदेश सरकार « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

बजेटको तयारीमा प्रदेश सरकार


२२ चैत्र २०७४, बिहिबार


विराटनगर । प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४÷७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै बजेट तीन महिनाको हुने बताए ।

उनले छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित हुने जानकारी दिए । मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताए ।

बजेट ल्याउन आर्थिक कार्यविधि विधयेक प्रदेश प्रमुखबाट आज जारी भएपछि बजेट निर्माणको कानुनी बाटो खुलेको हो ।

मन्त्री आङवोले उक्त बजेट विकास निर्माणका अध्ययन, नदी, बाढी र पहिरो नियन्त्रणका लागि केन्द्रित हुने जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस