८ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताका विवरण दुरुपयोग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

८ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताका विवरण दुरुपयोग


२२ चैत्र २०७४, बिहिबार


काठमाडौं । फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ ।

बीबीसीका अनुशार ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको जनाइएको छ । यसअघि पाँच करोडको डाटा चोरी भएको खुलासा भएकोमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएका हुन्।

बीबीसीका अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस