४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी

अ+ अ-

सिन्धुली । कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ ।

धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु¥याइएको छ ।

आज बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति प¥याएका हुन् ।

लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पु¥याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका टिपरमा पनि क्षति पुगेको छ । रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ ।

विप्लवका कार्यकर्ताले प्रहार गरेको बमका छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

विप्लवका कार्यकर्ता सो घटना घटाइ फरार रहेको र प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । विप्लवले चन्दा मागेको र दबाब दिएको बारेमा कालिका कन्स्ट्रक्सनले अनभिज्ञता प्रकट गरेको उनको भनाइ छ ।

यता, आयोजना प्रमुख ठाकुर ढकालले विप्लवका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताए । उक्त घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण हटेको बताए ।

उनले स्थानीय प्रशासनसँग काम गर्ने उपयुक्त वातावरण सिर्जना गरिदिन माग गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा सडक विभाग तथा कन्स्ट्रक्सनलाई जानकारी गराइएको छ र तत्काल काम गर्न सक्ने अवस्था छैन ।

बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको उनको भनाइ छ ।

यता विप्लवका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा पनि दुई स्काभेटर र एक क्रेनमा क्षति पु¥याएको आयोजना प्रमुख ढकालले बताए ।

सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्र्याक खोल्ने र निर्माण गर्ने कार्य अघि बढाइरहेको छ ।

यी घटनाको बारेमा अझैसम्म विप्लव नेतृत्वको माओवादीले कुनै प्रतिक्रिया दिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस