भारतसँग कृषि, जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु – प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

भारतसँग कृषि, जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु – प्रधानमन्त्री ओली


२० चैत्र २०७४, मंगलबार


काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउन चाहेको बताएका छन् । मंगलबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुसँगको सम्बन्ध अझै सुमधुर र भरपर्दो बन्दै जाने विश्वास व्यक्त गरे।

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले भारतसँगको सम्वन्ध थप सुमधुर हुने बताए । नेपाल भारत सम्बन्धलाई अझै मजबुद बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रीत हुने प्रधानमन्त्री ओलीले बताए ।

नयाँ सम्झौता गर्नु भन्दा पनि पुरानै सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने प्रधानमन्त्री ओलीले बताए । ओलीले कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनका लागि पनि पहल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस