गोलाप्रथाबाट खुस्किन्छ सांसद पद ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोलाप्रथाबाट खुस्किन्छ सांसद पद !


प्रशासन विशेष ब्युरो

२० चैत्र २०७४, मंगलबार


विकास र समृद्धि

सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ।

संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि सम्बन्धी व्यवस्था छ। यो धारको उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधी कायम गर्दा गोलाप्रथाद्धारा एक तिहाइको दुई बर्ष, अर्को एक तिहाइको चार बर्ष र बाँकी एक तिहाइको ६ बर्षको हुने गरी पदावधि कायम गरिनेछ।’

तर प्रतिनिधिसभाको कार्यकाल भने ५ वर्षको हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरुपलाई संघीय संसद भनिन्छ। प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो संसद हो। सरकारद्वारा मनोनित राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राष्ट्रियसभा नै स्थायी भएको र प्रतिनिधिभालाई पनि निगरानी गर्ने भएकाले यसको महत्व झनै बढेको बताए। आजको नेपाल समाचार पत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस