२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी प्रिमियर लिग टिम चौराह तीन विकेटले विजयी

अ+ अ-

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।

आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो ।

टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १५० रन बनायो । एक सय ५१ रनको विजयी लक्ष्यलाई टिम चौराहले १९ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो ।

टिम चौराहका लागि कप्तान सोमपाल कामीले अविजित ३९ रन बनाए । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । रोहान मुस्तफाले ४० रन बनाए । उनले ४२ बलमा एक छक्का र तीन चौका हाने । राजेश पुलामी मगरले २१ रन बनाए ।

बलिङतर्फ अत्तरियाका शुभंकर उराव र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सिवाइसी अत्तरियाका लागि प्रेम तामाङले २८ रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । विपिन चन्द्रले अविजित २८, कुशल भुर्तेलले २५, कप्तान दीपेन्द्रसिंह ऐरीले १९, कृष्ण कार्कीले १४, सुवास खकुरेल र गौरव चितकाराले समान १३/१३ रन बनाए ।

बलिङतर्फ टिम चौराहका ललितसिंह भण्डारीले तीन, रोहान मुस्तफाले दुई तथा सम्साद शेख र सोमपाल कामीले एक/एक विकेट लिए ।

0 Comments