प्रधानसेनापति क्षत्री साताव्यापी कंगो भ्रमणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति क्षत्री साताव्यापी कंगो भ्रमणमा


१९ चैत्र २०७४, सोमबार


काठमाडौँ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री साताव्यापी भ्रमणको क्रममा अफ्रिकी मुलुक कंगो र दक्षिण सुडान प्रस्थान गरेका छन् ।

उनी संयुक्त राष्ट्रसंघको आह्वानमा कंगो र दक्षिण सुडान स्थित नेपाली शान्ति सेना तैनाथ मिशनको निरीक्षण गर्न त्यसतर्फ लागेका हुन् ।

सोमबार त्यसतर्फ प्रस्थान गरेका सेनापति क्षत्री कंगोमा निरीक्षण भ्रमण पश्चात शुक्रबार दक्षिण सुडान पुग्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति क्षत्रीले दुवै मुलुकमा रहेका मिसनहरुको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, अपरेसन लगायतका पक्षमा जानकारी लिनेछन् । उनले नेपालबाट खटिएका शान्ति सेनालाई सम्बोधन गर्ने पनि जंगी अड्डाले जनाएको छ ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । सेनापति क्षत्री चैत्र २६ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस