गृहमन्त्रीद्धारा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक (पूर्ण पाठसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्रीद्धारा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक (पूर्ण पाठसहित)


१९ चैत्र २०७४, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे कार्य योजना सार्वजनिक गरेका छन् ।

सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने देखि ड्रोनको माध्यममा बाट सीमा क्षेत्रको निगरानी गरिनेसम्मका कुराहरु उल्लेख गरिएका छन् ।

सुधार योजना अन्तरगत जनताको गुनासो सुन्न निःशल्क टेलिफोन लाइनको व्यवस्था गर्ने र दुर्घटना न्यूनिकरण गर्न राजमार्गमा प्रत्येक सय किलोमिटरमा एक आराम केन्द्रको व्यवस्था हुने समेत समावेश गरिएको छ ।

हेर्नुहोस् गृहमन्त्रीको सुधार योजनाको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस