आगलागी पिडीतलार्इ गायिका मल्लको सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगलागी पिडीतलार्इ गायिका मल्लको सहयोग


१८ चैत्र २०७४, आइतबार


कैलाली । चर्चित गायिका चादनी मल्लले आगलागी पिडीत बिरबहादुर बादीलाई दश हजार सहयोग गरेकी छन् । कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा आगलागीबाट घरबार बिहीन बनेको बिरबहादुरको परिवारलार्इ उक्त रकम सहयोग गरेकी हुन् ।

उक्त परिवारलाई थोरै भएपनि रहात पुगोस भनेर सहयोग गरिएको मल्लले बताइन् । मल्लले कैलाली क्षेत्र नम्बर– २ का सांसद झपट रावललाइ उक्त रकम प्रदान गरेकी हुन् ।

सुदूरको कला साहित्यमा लामो समयदेखि योग्दान पुर्याउँदै आगएकी गायिका मल्लको यस्तो सामाजिक कामले समाजमा राम्रो सन्देश प्रवाह गर्ने र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास लिइएको सांसद रावल बताए ।

प्रतिक्रिया दिनुहोस