७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौं । शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो ।

सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ ।

विकासका नाममा काठमाडौं उपत्यकाका जनतालाई विस्थापित गर्ने किसिमबाट सरकारले ल्याएका योजनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गर्ने, नेपालमा बोलिने सबै भाषालाई नेपाली भाषा नै भन्ने, नेवाः वाङ्मयलाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने विषयहरु घोषणापत्रमा समावेश छ ।

सम्मेलनको समापन गर्दै वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको आउँदौ तेश्रो वार्षिक साधारणसभा र तेश्रो विश्व नेवाः सम्मेलन काठमाडौं उपत्यकामै गर्ने घोषणा पनि गरे ।

सम्मेलनको अन्तिम दिन शनिबार सडक विस्तारका नाममा स्थानीय जनतालाई विस्थापित गर्ने र काठमाडौं उपत्यकाको जीवन्त कला, पर्व, संस्कृति र सम्पदा मास्ने ढंगले भइआएका कामको विषयमा ‘हाम्रो थातथलो हाम्रो सरोकार’ विषयमा प्यानल डिस्कसन भएको थियो ।

यो छलफलमा सांसद राजेन्द्र श्रेष्ठ, अधिवक्ता शंकर लिम्बू, नेवाः दे दबूका अध्यक्ष नरेश ताम्राकार, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन साय्मी र राससका प्रधान सम्पादक राजु शाक्य सहभागी थिए ।

नेपालमा यो सम्मेलन चलिरहँदा विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेवार समुदायले विविध कार्यक्रमको आयोजनासहित विश्व नेवाः दिवस मनाएका थिए ।

शुक्रबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः परम्पराअनुसार पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गरोक थिए ।

उद्घाटन समारोहमा नेवाः आन्दोलनका अगुवाहरु शताब्दी पुरुष जोशी, पद्मरत्न तुलाधर र माणिकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मेलनमा विभिन्न १७ मुलुकमा रहेका नेवाः समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस