केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने –प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ आश्विन २०७८, शुक्रबार
   

केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने –प्रधानमन्त्री ओली


१७ चैत्र २०७४, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा गरिने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका हुन्।

सो अवसरमा उनले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशनसमेत दिएका छन्। भ्रष्टाचार, कुशासनजस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस्।’

स्थानीय तह सफल भएमात्र देश सफल हुने उनको भनाइ थियो। राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री ओलीले, ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभूति गर्ने गरी तपाईहरुले काम गर्नुहोस्।’ सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेको उल्लेख गर्दै उनले सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस