सानालाई ऐन, ठूलालाई चैन: ट्राफिक बत्ती निभाएरै भिआइपी सवारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सानालाई ऐन, ठूलालाई चैन: ट्राफिक बत्ती निभाएरै भिआइपी सवारी


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


काठमाडौं । नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

बत्ती बल्न थालेको भोलिपल्ट बिहीबार दरबारमार्ग, नयाँबानेश्वर र नारायणगोपाल चोकका ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हँदा बत्ती निभाउनु परेको ट्राफिक महाशाखाका प्रवत्ता उमेश रंजितकारले बताए। ‘भिआइपी सवारीका बेला आवश्यक परेको चोकमा ट्राफिक बत्ती स्विचबाटै बन्द गरेर सडक खाली गराउँछौं,’ रंजितकारले भने। बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस