प्रधानमन्त्री ओली २३ गते भारत भ्रमणमा जाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली २३ गते भारत भ्रमणमा जाने


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २३ गते भारत भ्रमणमा जाने भएका छन् । शुक्रबार नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् ।

तीन दिनसम्म ओली भारत भ्रमणमा रहने बताइएको छ । २३ गते भारत प्रस्थान गर्दै प्रधानमन्त्री ओली २५ स्वदेश फर्किने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द लगायत उच्चस्थ नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस