२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासंघको स्थापना दिवस, नौ जना पूर्वसभापति सम्मानित

अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ ।

सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले उनीहरुलाई सम्मान गरेकका हुन्।

सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र डा. महेन्द्र विष्ट हुनुहुन्छ ।

मुलुकमा स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पु¥याएबापत महासंघले उनीहरुलाई सम्मान गरेको हो ।

महासंघको भूमिका सबैको सामु जगजाहेर छ ।

सो अवसरमा सभामुख महराले निरङ्कुशविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासंघले खेलेको भूमिका सबैका सामुन्ने जगजाहेर रहेको बताए ।

उनले भने, ‘पत्रकारिता जगत् समाजको ऐनाको भूमिका खेल्दै आएको छ, समाज रुपान्तरणमा सञ्चार क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा प्राप्त उपब्धिलाई ठिक ढंगले उपयोग गर्न र सही दिशातर्फ उन्मुख गराएर समृद्धिसँग जोड्ने कामको दायित्व पत्रकारिता क्षेत्रले लिनुपर्छ ।

सभामुख महराले नेपाली पत्रकारिता क्षेत्रको गौरवमय इतिहास, विश्वसनीयता र मर्यादालाई बचाइराख्न महासंघले ख्याल गर्नु पर्ने आवश्यकतामाथि जोड दिए ।

महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा चुनौतीको पहाड नै रहे पनि अग्रजले गौरवपूर्ण ढंगबाट राखेको साझा चरित्र, गरिमा र वजलाई बचाइराख्ने प्रतिबद्धता जनाए ।

पूर्वसभापति हरिहर विरहीले नेपाली प्रेस जगत्ले निर्धक्क भएर काम गर्न सक्ने अवस्था अझै नरहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विश्वसनीयता र गुणस्तर विकासमा महासंघ अझै सक्रिय भएर लाग्न आवश्यक रहेको बताए ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले पत्रकारिता क्षेत्रले राम्रा कामलाई प्रवद्र्धन र नराम्रा कामलाई निरुत्साहन गर्दै देश र जनताको हितमा काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

विसं २०१२ साल चैत १६ गते स्थापना भएको पत्रकार महासंघले घोषित आदर्शप्रति अविचलित रही ६३ औँ वसन्त पार गरिसकेको छ ।

महासंघका महासचिव रमेश विष्टले आधा शताब्दीभन्दा बढी समयदेखि समाजको अग्रणी साझा संस्थाका रुपमा सशक्त भूमिका निर्वाह गर्दै आएको महासंघले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गराए ।

महासंघको नेतृत्वलाई स्थापनाको इतिहासको स्मरण गर्दै उज्ज्वल भविष्यका लागि चिन्तन गर्न वक्ताहरुले सो अवसरमा सुझाव दिए ।

समारोहमा सभामुख महराले महासंघद्वारा प्रकाशित पत्रकारिता स्थापना दिवस विशेष विशेषाङ्कको विमोचन पनि गरे । रासस

0 Comments