२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन पहल

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवासहितकोे बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन ५ नं प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

पश्चिम नेपालको प्रवेश बिन्दु र व्यापारिक नाका भएको नेपालगञ्जमा सुख्खाबन्दरगाहा निर्माण प्रक्रिया अघि बढिरहेको र मानसरोवरलगायत अन्य धार्मिकस्थलसम्मको पर्यटकीय रुट विस्तार हुँदै गरेको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलका अनुसार, राँझा विमानस्थल क्षेत्रमा रहेका जग्गा मुआब्जासम्बन्धी केही व्यक्तिले मुआब्जा प्राप्त गरेको तर कतिपयले हालसम्म मुआब्जा नपाएको विषयमा टुंगो लगाउन यथाशीघ्र प्रारम्भिक अधिकारी तोकी प्रक्रिया अगाडि बढाउन पनि सरकारसमक्ष अनुरोधसहितको माग पनि गरिएको छ ।

बैठकमा प्रदेश सांसद सुरेन्द्र हमाल, आइपी खरेल, पार्वती पुन, मोहम्मद याकुव अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारी, जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ, पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस