१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाचार संकलनमा रोक लगाएकोमा निन्दा 

अ+ अ-

चितवन । समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन् ।

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र वुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं. १० का वडाअध्यक्ष अरुण पीडित भण्डारीले गाली गलौजसहित दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको भन्दै घटनाको भत्र्सना गरिएको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र जिल्ला कार्यसमिति एवम् नेपाल प्रेस युनियन चितवन शाखाले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरी सार्वजानिक चासोको विषयमा सार्वजनिक कार्यालयमा सूचना लिन पुग्दा पत्रकारमाथि यस्तो दुव्र्यवहार हुनु र समाचार संकलनमा रोक लगाइनु प्रेस स्वतन्त्रताकोे उल्लंघन भएको जनाएका छन् ।

यो विषयमा महानगरले दोषीमाथि छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । सूचनामा पारदर्शीता देखाउँदै महानगर सूचनामैत्री बन्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिनसमेत महानगरपालिका गम्भीर हुन आग्रह गरिएको छ ।

समाचार संकलनमा पुगेका नेपाल पत्रकार महासंघ चितवन शाखाका सहसचिव एवं कान्तिपुर टेलिभिजनका संवाददाता प्रवीणकुमार दत्त, कान्तिपुर दैनिकका रमेशकुमार पौडेल, कान्तिपुर टिभीका नवराज मिश्र, नागरिक दैनिककी सविता श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका तुलमान गुरुङ, कालिका एफएमकी गीता गुरुङ र सौराहा अनलाइनका शिव आचार्यमाथि दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस