२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहरभरि धराप !

अ+ अ-

दोलखा । झुरुप्प परेको बस्ती। अधिकांश घर ठिंग उभिएका छन्। बाहिरबाट हेर्दा लाग्छ यो सहरका घर सग्लै छन्।

प्राचीन सहर दोलखाको मुख्य प्रवेशद्वार पाखलती बजारबाट ओरालो लाग्नेबित्तिकै धुरी ढलेका, चर्किएका, गारो चिरा परेका ढुंगामाटाका पुराना घर प्रशस्त देखिन्छन्।

२०७२ सालको भूकम्पले हल्लाएर धराप बनेका यी घर न सबै भत्किएका छन् न त पुनर्निर्माणका लागि काम अगाडि बढाइएको छ। स्थानीयले धराप बनेका त्यस्ता निजी घर भत्काउन र हटाउन चासो दिएका छैनन्।

दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित दोलखाबजारका पुराना धराप घर नभत्काइँदा स्थानीयले असुरक्षित महसुस गरेका छन्। भुइँचालो गएको तीन वर्ष बित्न लाग्दा समेत धराप घर नभत्काइएका कारण सहरको प्राचीन स्वरुप बिग्रिएको छ। भुइँचालोमा जगैदेखि हल्लिएर धराप बनेका बजार क्षेत्रका घर, दरबार, कुटी, पाटीपौवा, मठमन्दिर मल्लकालमा बनेका हुन्।

घर भत्काउन घरधनीका आफ्नै समस्या रहेको स्थानीय बताउँछन्। ‘यहाँका अधिकांश घर बहुस्वामित्वका छन्’, कांग्रेस जिल्ला नेतासमेत रहेका बजारका बासिन्दा राकेश श्रेष्ठ भन्छन्, ‘सरकारले बहुस्वामित्वको घर भएका भूकम्पपीडित नागरिकबारे स्पष्ट नीति ल्याएको छैन। त्यसैले यहाँका स्थानीयले धराप घर नभत्काएका हुन्।’ बहुस्वामित्वको सगोल घर पुनर्निर्माणबारे स्पष्ट नीति नआउँदा स्थानीयले धराप घर हटाउन चासै नदिएका हुन्।

ठूलो घर बनाएर दाजुभाइ मिलेर एउटै घरमा बस्ने नेवार समुदायको पुस्तौंदेखिको संस्कृतिका कारण नेवार बस्तीमा यस्ता बहुस्वामित्वका घर हुने गरेको श्रेष्ठको तर्क छ।

घर नभत्काउनुको अर्को कारण यहाँका अधिकांश बासिन्दा राजधानीमा बस्छन्। ‘एउटै घर धेरैजनाको नाममा छ,’ भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विराजमान श्रेष्ठ भन्छन्, ‘यहाँका धेरै नागरिक राजधानी बसेका कारण पनि धराप घरहरु हटाउन पहल गर्न सकेका छैनौंं।’ वडाध्यक्ष श्रेष्ठले दोलखाबजारको प्राचीनता झल्किने गरी पुनर्निर्माण गर्न पहल भइरहेको बताए।

उनले त्यसका लागि भीमेश्वर नगरपालिका र विभिन्न दातृ निकायमार्फत विस्तृत अध्ययन सकिएको सुनाए। दोलखा बजारमा व्यक्तिका निजी घरसँगै केही मन्दिर र पाटीपौवासमेत धरापमा छन्। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस