२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य सुरु भइसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिए ।

भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने प्रधानमन्त्रीको दृष्टिकोण रहेको बताउँदै उनले भने, ‘हामीले खासगरेर भारतसँग पूर्वाधार विकासमा जोड दिएका छौँ ।’

समयसीमाभित्रै सम्पन्न आयोजनामा केन्द्रित रहेर कुराकानी गरिने बताउँदै उनले भने, ‘भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, हवाई, विद्युत्, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, नेपालमा भ्रमणको तयारी भइरहेको छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब प्रधानमन्त्री ओलीले वैदेशिक लगानीको विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले वाम गठबन्धनले चुनावमा जनता सामु गरेका प्रतिबद्धता अब सरकारले पूरा गर्नुपर्ने बताउँदै आगामी नीति तथा कार्यक्रममा देशले समृद्धि हासिल गर्ने गरी सरकारले आफ्ना योजना ल्याउनुपर्ने विचार राखे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शंकर शर्माले प्रधानमन्त्रीले आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिँदै नेपालको व्यापार घाटा भारतसँग भएका कारण स्वदेशी सामान बढीभन्दा बढी भारत निर्यात गर्ने गरी दृष्टिकोण राख्नुपर्ने बताए ।

मुलुकमा पूँजीगत खर्च हुन नसकेको अवस्थामा रोजगारी सिर्जना नहुने हुँदा विकासका लागि सरकारले पूँजीगत खर्च बढाउनुपर्नेमा उनले जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस