अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैन : शिक्षामन्त्री « प्रशासन
Logo ११ असार २०७९, शनिबार
   

अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैन : शिक्षामन्त्री


१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताएका छन् ।

समसामयिक विषयमा ध्यानाकर्षण गराउन गएको नेपाल शिक्षक महासंघको प्रमण्डलसँग आज शिक्षामन्त्री पोखरेलले भने, ‘शिक्षा ऐनको आठौँ र नवौँ संशोधनलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएकाले त्यसैअनुसार प्रक्रिया अघि बढ्नेछ ।’

महासंघका अध्यक्ष बाबुराम थापाका अनुसार शिक्षामन्त्री पोखरेलले अस्थायी शिक्षकको परीक्षाका विषयमा शिक्षक र विद्यार्थी समूहबाट अनशन भइरहेकाले प्रधानमन्त्रीसँगसमेत सल्लाह गरेर चाँडै यसको निकास निकालिने विश्वास व्यक्त गरेका थिए ।

उनले शिक्षा ऐनको नवौँ संशोधन हुँदा त्यो आउनैपर्ने भन्ने पक्षमा आफू नभए पनि संसद्बाट पारित भएकाले त्यो लागू गर्ने सरकारको दायित्व भएको बताए ।

आठौँ संशोधनमा आन्तरिक परीक्षामा भाग नलिने अस्थायी शिक्षकलाई सुविधा दिने उल्लेख भएकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा नदिने तथा आन्तरिक प्रतियोगिताका प्रतिशत बढाएर ७५ प्रतिशतसम्म बनाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस