प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग


१३ चैत्र २०७४, मंगलबार


हेटौँडा । प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।

नेपाली कांग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले भने, ‘बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।’

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरे ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गरे । माझी र नेपाली कांग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस