एन्फा विवादबारे बुझ्न एएफसी प्रतिनिधि नेपालमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एन्फा विवादबारे बुझ्न एएफसी प्रतिनिधि नेपालमा


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि रविकुमार सोमबार नेपाल आएका छन्।

एएफसी नेसनल एसोसिएसनका निर्देशकसमेत रहेका रवि अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएपछिको अवस्थाबारे बुझ्न नेपाल आएका हुन् । उनले एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

उनले एन्फाको निर्वाचन, अदालतको आदेश र पछिल्लो अवस्थाबारे जानकारी लिँदै आज मंगलबार सबैसँग भेट्ने बताएका छन् ।

एन्फा निर्वाचनका दुबै पक्ष कर्माछिरिङ शेर्पा र मणि कुँवर पक्षसँगको छलफलपछि एन्फाको निर्वाचन समितिसँग भेट्ने कार्यक्रम रहेको छ ।

यही चैत चैत १४ गते हुने भनिएको एन्फाको निर्वाचन रोक्न बिहीबार ललितपुर उच्च अदालतले आदेश दिएपछि एन्फाले आइतबार औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि निर्वाचन स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस