२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकमा खुला प्रतिस्पर्धाको माग राख्दै नेविसंघको अनशन

अ+ अ-

काठमाडौं । शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन थालेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गर्नुपर्नेलगायत विभिन्न आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष समिति नेपालले आजदेखि आमरण अनशन बसेका छन् ।

माइतीघरमण्डलामा उनीहरुले शिक्षा ऐन २०२८ नवौँ संशोधनबमोजिम आन्तरिकतर्फ मात्र परीक्षा लिन थालेकाले त्यसमा दक्ष जनशक्तिले प्रतिस्पर्धा गर्न नपाउने भन्दै परीक्षा स्थगित गर्न माग गरिएको समितिका संयोजक पुष्कर शर्माले बताए ।

उनले परीक्षा स्थगित गरी खुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति राख्नुपर्नेमा पनि जोड दिए ।

वि.सं. २०७२ असोज पछाडि रिक्त रहेका पदसमेत समावेश गरी पदपूर्तिका लागि खुला विज्ञापन गरिनुपर्ने, प्रत्येक वर्ष शिक्षक सेवा आयोगले खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने, अध्ययन अनुमतिपत्र रहेका वर्ष खुलाउनुपर्ने माग समितिको छ ।

यस्तै शिक्षा ऐन २०२८ नवौँ संशोधन राष्ट्रको हितमा नरहेकाले तत्काल खारेज गर्नुपर्ने, सम्पूर्ण सरकारी कर्मचारी तथा शिक्षकको आफ्ना छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेत बन्द गर्नुपर्ने लगायतका माग समितिले राखेका छन् ।

हेमराज थापा, राजन लम्साल, रामचन्द्र शाही, मिलन बास्तोला र शशांक बोहरालगायत अनशनमा बसेका छन् ।

यता अस्थायी शिक्षक पनि विगत छ दिनदेखि आफूहरुलाई सामान्य प्रक्रिया पुर्याएर स्थायी गर्न माग राख्दै अनशन शुरु गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस