सिडियोलाई शक्तिशाली बनाइदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिडियोलाई शक्तिशाली बनाइदै


प्रशासन विशेष ब्युरो

१२ चैत्र २०७४, सोमबार


काठमाडौं । सरकारले जिल्ला प्रशासन अधिकारीलाई संघीय सरकारको प्रतिनिधिको रुपमा राख्दै स्थानीय प्रशासन ऐन २०२८ प्रतिस्थापन गर्न विधेयक संसदमा लैजान तयारी गरेको छ ।

यो विधेयकमाथि कानुन मन्त्रालयको सहमति लिएर चाँडै मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ । हाल सो विधेयकमाथि छलफल भइरहेको मन्त्रालयले बताउको छ । स्रोतका अनुसार प्रतिस्थापन विधेयकमा जिल्ला प्रशासन अधिकारी (सिडियो)लाई संघीय सरकारको प्रतिनिधिका रुपमा संघीय सरकारले नियुक्त गर्ने प्रावधान राखिएको छ ।

प्रदेश सरकारलाई सिडियो परिचालनको अधिकार दिइएको छ । स्रोतले भन्यो–’सिडियो परिचालन गर्ने अधिकार भने प्रदेश सरकारको हुनेछ ।’

सिडियोलाई संघीय सरकारको प्रतिनिधिका रुपमा संघीय सरकारले परिचालन गर्ने अवधारणाका साथ विधेयक मस्यौदा तयार भएको मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । विधेयकमा सिडियो कार्यालय प्रदेश सरकारको अड्डाका रुपमा रहने प्रावधान राखिएको छ । तर सिडियोको नियुत्त र सरुवा गर्ने अधिकार भने संघीय सरकारको हुनेछ ।

सिडियोले आफुहरुलाई संघीय सरकारको मातहतमा राख्न गृह मन्त्रालयलाई दबाब दिँदै आएका छन् । प्रदेश सरकारको मातहतमा राखे आन्दोलन गर्ने समेत उनीहरुले बताएका छन् । स्रोतका अनुशार प्रतिस्थापन विधेयकमा सिडियोलाई अहिलेको भन्दा थप अधिकार दिइएको छ । विधेयकमा गोली हान्ने आदेश दिने अधिकार सिडियोलाई दिइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस