२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामराज्यका प्रणेताको जन्मोत्सव

अ+ अ-

जनकपुरधाम । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ ।

रामको प्रेमभूमि र ससुराली र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उल्लेख्य छ । सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले महोत्सव रामको वास्तविक जन्मोत्सवझैं अनुभूति भइरहेको छ ।

त्रेतायुगमा चैतशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ । सोही दिनलाई रामनवमी भनिन्छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औँं पुस्ताका मानिन्छन् । ‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो । विद्वान्हरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैबाट उनको नाम राम भएको मानिन्छ ।

राम परब्रह्मा, परम तप र परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ । महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा अधिक शहरको नाम पत्ता लागेको छ ।

धार्मिक ग्र्रन्थमा शिवको रामभक्ति तथा हनुमान– नारद– अत्रि– अनुसूया– भरत– शवरी आदिको रामभक्ति एवं उपासना अद्वितीय भएको उल्लेख छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन् । जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन छ ।

विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणास्रोत मानिन्छ । आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ ।

देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस