२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसो मरुभूमिको चिसो कथाबाट तात्दै पोखरेली रङ्गमञ्च

अ+ अ-

पोखरा । उच्च हिमाली परिवेशमा आधारित नाटक ʿथाङ्गलाʾको प्रदर्शनसँगै पोखरा थिएटरमा शुरु राष्ट्रिय नाटक महोत्सव–२०७४ ले यतिखेर नाट्यप्रेमी दर्शकको मन केन्द्रित गरेको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका नाटककार सरुभक्तको चिसो मरुभूमीको चिसो कथालाई समेटेको नाटक थाङ्गलाको प्रदर्शनसँगै शुरु महोत्सवमा सोफोक्लिजद्वारा लिखित एन्टिगोनीसहित कृष्ण उदासीको सान्नानीको सन्ते राजा र जयगान, रामलाल जोशीको भर्जिन कथा, हृदयचन्द्रसिं प्रधानको एक चिहान प्रदर्शन गरिने छ ।

महोत्सवमा चेतन कार्कीको नारी शिक्षा, नरेश भण्डारीको चाँदीको घेरा, पुरु लम्सालको पानी घट्ट र रमेशनन्दन झाको सखी मञ्चन गर्ने तयारी गरिएको छ । हिमाली परिवेशको ज्वलन्त चित्रण युक्त थाङ्गला पोखरेली दर्शकले अभिरुचिपूर्वक अवलोकन गरिसकेका छन् अन्य नाटकको पर्खाइमा छन् ।

अपरिचित ठाउँ, रहस्यमय चरित्र र अछुतो कथा सदैव प्रिय मान्ने नाटकका निर्देशक अनुप बराल भन्छन्, “मैले सानैदेखि देखे सुनेका जिम्बु, सियो, हुप र अनेक जंगली जडीबुटी ल्याएर कोदो तथा चामलसँग साटेर जाने हिमालपारिका ती मान्छेको कथा समेटिएको नाटकको हो थाङ्गला ।” थाङ्गला कथाको नाटकीय पुनराख्यान भएको बताउँदै बरालले यसमा एउटा व्यक्तिको स्वतन्त्रताको अगाडि ठडिएका परम्परा तथा समाज र वर्गीय संरचनाले जन्माएको द्वन्द्व रहेको जानकारी दिए ।

सोह्र वर्षअघि मञ्चन गरिएको यो नाटकलाई पहिलेको भन्दा अलिक भिन्न कलेवरमा मञ्चमा ल्याइएको उनको भनाइ छ । नाटकमा बहुपति प्रथाको प्रचलन रहेको एउटा परिवार छ । तिब्बतसँगको व्यापार, पशुपालन र खेतीपातीमा खुशीपूर्ण जीवनयापन गर्दै आएको परिवारमा झगडा शुरु भएको छ ।

झगडा न कुनै संस्कृतिको विरुद्धमा हो नत पक्षमा । दुई भाइबीचको व्यक्तिवादी, स्वतन्त्रता र सामाजिक दायित्वबीच भएको झगडा संस्कृति र सामाजिक बन्धनलाई फरक रुपले बुझ्ने दुई फरक पुस्ताको झगडा नाटकमा देखिन्छ । नाटकले वात्सल्य प्रेम सामाजिक तथा सांस्कृतिक दायित्व, व्यक्ति केन्द्रित विचार, प्रकृतिसँगको घनिष्ठता र भूमिसँगको सम्बन्धलाई उठाउन खोजेको छ ।

थाङ्गलामा हिमाली परिवेशको ज्वलन्त चित्रण भएका कारण त्यहाँका रीतिस्थिति र प्रचलनका धेरै विषयको दर्शकले प्रत्यक्ष अनुभूति गर्ने नाटकको प्रमुख पात्रका रुपमा अभिनय गरेका कलाकार प्रकाश घिमिरे बताउन्छन् । पोखरा थिएटरमा चारवटा प्रदर्शनी भएको थाङ्गलालाई दर्शकले अभिरुचिपूर्वक हेरिदिएको घिमिरेले बताए ।

जीवन र जगत्को सम्पूर्णता नाटकमय हुने थाङ्गला नाटकका लेखक सरुभक्त बताउन्छन् । नेपाल विविध जाति र जनजातिका नाटकीय संस्कृतिले सम्पन्न देश भएको बताउँदै उनले थाङ्गलामा हिमाली संस्कृति चित्रण गरिएको बताए ।

राणाकालीन समयका तत्कालीन बडा हाकिम धनशमशेरको पालादेखि नै पोखरामा नाट्य क्षेत्रको विकास हुँदै आएको प्राध्यापक तारा बरालले बताए । पोखरामा मञ्चन हुने नाटकले दर्शकको साथ र सहयोग पाउने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस