स्वास्थ्य सचिव चौधरीले विभेद गरेको स्वास्थ्यकर्मीको गुनासो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य सचिव चौधरीले विभेद गरेको स्वास्थ्यकर्मीको गुनासो


प्रशासन विशेष ब्युरो

९ चैत्र २०७४, शुक्रबार


काठमाडौं । स्वास्थ्य सचिव पुष्पा चौधरीले मनोमानी तरिकाले विभिन्न निर्णय गर्न थालेपछि स्वास्थ्यकर्मी रुष्ट बनेका छन् । स्वास्थ्यको छाता संगठन तथा व्यवस्थापन सर्वेक्षणमा स्वास्थ्यकर्मीका दरबन्दी कटाएर पब्लिक हेल्थ समूहका कर्मचारी समावेश गरेपछि स्वास्थ्यकर्मी रुष्ट बनेका हुन् ।

सचिव भएको तीन महिनामै चौधरीले समग्र स्वास्थ्य क्षेत्रबाट स्वास्थ्यकर्मीलाई हटाउँदै फरक विधाका कर्मचारी समावेश गराउन थालेको स्वास्थ्यकर्मीका आरोप छ । सचिव चौधरीले स्वास्थ्यकर्मीहरुसंग छलफल नै नगरी पब्लिक हेल्थका तीन जना कर्मचारीको सल्लाहअनुशार स्वास्थ्यको संगठन तथा ब्यवस्थापन सर्वेक्षणको अन्तिम ड्राफ्ट सामान्य प्रशासन मन्त्रालयमा बुझाएको एक उपसचिवले वताए ।

हामीले पटक पटक सचिवलाई स्वास्थ्यकर्मीलाई समावेश गराउन भनेका थियौं । उनले भने, तर सचिवले पब्लिक हेल्थका तीन कर्मचारीको आडमा सर्वेक्षण तयार पार्नुभयो । यसले स्वास्थ्य क्षेत्रमा समस्या ल्याएको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्यको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा उपचारात्मक स्वास्थ्य सेवको निरन्तरताको लागि स्वास्थ्य व्यवस्थापनका संरचनालाई रुपमान्तरण, विस्थापन र हस्तान्तरण गर्ने उल्लेख छ । तर, सचिव चौधरीले हाल स्वास्थ्य मन्त्रालयमा भएका डाक्टर, नर्स, फार्मेसी, ल्याबजस्ता नभई नहुने पद खारेज गरेको स्वास्थ्यकर्मीको आरोप छ । मन्त्रालयकै अधिकारीका अनुसार सचिव आफै डाक्टर भएका कारण उनले मनोमानीगर्न सहज हुने भएकाले स्वास्थ्यकर्मीलाई समावेश नगराएको हुन सक्छ ।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले सचिव पुष्पा चौधरीले स्वास्थ्यकर्मीको हितविरीत काम गरे सचिवको विकल्प खोज्ने चेतानी दिएका छन् । संघका महासचिव डा. लोचन कार्कीले सचिव चौधरी बाहिरी शक्तिका आडमा चल्न थालेको बताए । अत्यावश्यक स्वास्थ्यकर्मीलाई समावेश नगराई सबै पब्लिक हेल्थका कर्मचारी मन्त्रालयमा राख्ने सचिवको प्रयास असफल बनाइ छाड्ने कार्कीले बताए । केन्द्रिय मन्त्रालयमा स्वास्थ्यकर्मीको सहभागीता नभए समग्र स्वास्थ्य सेवा प्रभावित हुने उनको तर्क छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस