२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोप भए पोखरेली ढुंगेधारा र पोखरी

अ+ अ-

पोखरा । अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ ।

प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुङ्गेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको पोखराको भैरवटोलका ९० वर्षीय जगतबहादुर ताम्राकारले बताए ।

वि.सं. १९७६ आसपासमा पोखराका विभिन्न १२ स्थानमा राणाकालीन समयमा ढुङ्गेधारा निर्माण गरिएको उनले जानकारी दिए ।

तत्कालीन समयमा पोखराको बगर, विन्दवासिनी, नालाको मुख, रामकृष्ण टोल, बगालेटोल, गणेशटोल, जाल्पामाई, साँघुको मुखलगायतका १२ वटा स्थानमा ढुङ्गेधारा सञ्चालनमा आएका थिए । उनले भने ‘१२ वटा धारा भएकै कारण यस क्षेत्रलाई तत्कालीन अवस्थामा बाह्रधारा भन्दै बालधारा भन्ने गरिएको पाइन्छ ।’

उक्त समयमा पोखराका ढुङ्गे धारामा धारापानी (हालको पोखरा लेखनाथ महानगरपालिका–५०बाट पानी आउने गरेको उनले जानकारी दिए । पोखराका प्राचीन बस्तीमा रहेका ढुङ्गे धारा यहाँका विशिष्ट पहिचान भए पनि अधिकांश लोप भइसकेको र भएको पनि पानी नआउने अवस्थामा रहेको उनको भनाइ छ ।

पोखराको इतिहाससँग यहाँका ढङ्गेधारा पनि प्रत्यक्ष जोडिने मोहोरिया टोलका ७२ वर्षीय लक्ष्मण ध्वजुले बताए। ‘२०४० सालपछि भने यहाँका धेरै ढङ्गे धारा लोप भइसकेका छन्,’ उनले भने, ‘आधुनिकता र विकासका नाममा शहरको प्राचीनतासँग जोडिएका वस्तुको पहिचान नै मेटिनु राम्रो होइन ।’

केही प्राचीन ढुङ्गे धारामा अझै पनि शिलालेख रहेका कारण निर्माणको तिथिमिति भने सहजै अनुमान गर्न सकिन्छ । पोखराको भैरवटोलस्थित एक ढुङ्गे धारामा रहेको शिलालेखमा १९६२ साल फागुनमा जन्म भई १९७६ साल असारमा परलोक भएका बाल शम्शेरको स्वर्गवास होस् भन्दै १९७७ मा धारा निर्माण सम्पन्न भएको उल्लेख छ ।

तत्कालीन समयमा समाजसेवाका साथै विभिन्न सन्दर्भ एवं व्यक्तिको स्मृतिमा ढुङ्गेधारा, कुवा तथा पोखरी बनाइदिने प्रचलन रहेको बुढापाका बताउछन् । पोखराका केही ढुङ्गेधारामा वि.सं. २०२०÷२२ सम्म पानी आउने गरेको भए पनि त्यसपछि संरक्षणको अभावमा पानी आउन बन्द हुनुका साथै लोपै हुने अवस्थामा पुगेको नालाको मुखका स्थानीयवासी टेकलाल श्रेष्ठले बताए ।

ढुङ्गे धाराका साथै पोखराका धेरै पोखरी पूर्णरुपमा नै लोप भइसकेको अर्का स्थानीयवासी राजकुमार चुल्याजु बताउछन् । ‘तत्कालीन समयमा नालाको मुखका रहेको पोखरीकै कारण पोखरा नाम रहन गएको हो,’ उनले भने, ‘पोखरा आसपासका स्थानीयवासीले त्यही पोखरीको नाम लिँदै आउँने क्रमसँगै यस शहरको पोखरा नाम रहनगएको जनजिब्रोमा प्रचलित छ ।’

पोखराकै नामसँग प्रत्यक्ष जोडिएको नालाको मुखको पोखरी अहिले पूर्णरुपमा नै लोप भइसकेको उनले बताए । नालाको मुखको पोखरीसहित पोखरा आसपासका धारापानीस्थित खुँडे पोखरी, जयमूल पोखरी, अँधेरीकुना पोखरी, कूल बाँध पोखरी जस्ता पोखरी पूर्णरुपमा लोप भइसकेको उनको भनाइ छ ।

प्राचीन इतिहाससँग जोडिएका धारा, पोखरी, चौताराजस्ता कुरालाई राज्यस्तरबाटै संरक्षणको पहल गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस