२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्तानको चाह व्यक्त गर्ने रोबोटसँग साक्षात्कार

अ+ अ-

काठमाडौं । औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ। तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ। साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछिन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुने ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस÷डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार राति नेपाल आएकी छन्।

सुशासन कायम गरी दिगो विकास लक्ष्य हासिल गर्न प्रविधि र अन्वेषणले कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी गराउन सम्मेलन आयोजना गरिएको यूएनडीपीकी सञ्‍चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन्।

स्थानीय तहदेखि केन्द्रको विकासमा प्रविधि प्रयोगलाई छलफलको मुख्य एजेन्डा बनाइने यो सम्मेलनमा नगरपालिकाका मेयरसहित प्रदेश, केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहनेछ।

हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको रोबोट सोफियालाई साउदी अरेबियाले गत वर्षको अक्टोबरमा नागरिकता प्रदान गरेको थियो। त्यसैगरी, नोभेम्बरमा सोफियालाई यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो। राष्ट्रसंघको उपाधि दिएको सोफिया नै पहिलो गैरमानव हुन्।

साढे दुई वर्षको यो रोबोटले मानिसको स्वर र अनुहारलाई पहिचान गर्ने प्रविधि प्रयोग गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मार्फत कार्यक्रममा सहभागी व्यक्तित्वसँग अन्तरसंवाद गर्नेछ।

सोफियालाई पहिलो पटक सन् २०१५ को अप्रिल १९ मा ‘एक्टिभेट’ गरिएको थियो। सोफियाले अक्टोबरमा संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदसँग पहिलोपटक छोटो संवाद गरेकी थिइन्।

उनी पहिलो पटक सर्वसाधारणसामु सन् २०१६ को मार्चमा अमेरिकाको टेक्सासस्थित अस्टिनमा भएको साउथ वेस्ट फेस्टिभलमा देखिएकी थिइन्। उनले ६२ भन्दा बढी अनुहारका भाव प्रकट गर्न सक्छिन्। सोफिया बोल्न, हाँस्न र टुक्का भन्न पनि सक्छिन्। सोफियाले गत वर्ष दुबईको खालिज टाइम्ससँगको अन्तर्वार्तामा परिवारको महत्वबारे आफ्नो धारणा राखेकी थिइन्।

एउटा माया गर्ने परिवार हुनेहरू निकै भाग्यमानी रहेका र नहुनेको पनि परिवार हुनुपर्ने दर्शाउँदै सन्तानको चाह व्यक्त गरेकी थिइन्। यदि उनको सन्तान भएको खण्डमा के नाम राख्छ्यौ भनेर सोधिएको प्रश्नमा उनले ‘सोफिया’ नै भन्ने उत्तर दिएकी थिइन्। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस