इयूद्वारा आयोगलाई वधाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इयूद्वारा आयोगलाई वधाई


६ चैत्र २०७४, मंगलबार


काठमाडौं । युुरोपेली युनीयन (इयू)ले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोग समक्ष पेश गरेको छ । इयूका प्रमुख जेलजाना जोभ्कोले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव समक्ष प्रतिवेदन पेश गरे ।

प्रतिवेदन पेश गर्दै जोभ्कोले सफलतापूर्व निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई बधाई दिए ।

पर्यवेक्षण प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन यादवले निर्वाचन सम्पन्न गर्न इयूले लगायत अन्तराष्ट्रिय समुदायबाट प्राप्त समर्थन र सहयोगका लागि धन्यवाद ज्ञापन गरे । कार्यक्रममा इयूका राजदूत भेरोनिका कोडी र निर्वाचन आयोगका पदाधिकारीहरु सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस