मोटरसाइकल चोरी गर्ने समूह पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकल चोरी गर्ने समूह पक्राउ


५ चैत्र २०७४, सोमबार


काठमाडौं । महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकण्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् । उनीहरुलाई परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेका थिए ।

प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोर्ने समूह रहेको पत्ता लगाएको हो । उनीहरुले ती मोटरसाइकल ठमेल क्षेत्रबाट चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

उनीहरुको साथबाट प्रहरीले बा ३८ प ४४९२, बा ५३ प ५९१४, बा ४७ प ४६६१ र बा ४५ प ८५३५ नं को मोटरसाइकल र बा ४७ प ४६६९ नम्बरको स्कुटर बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस