२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोतः प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णाली कै स्रोत साधन उपयोग गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतत्वको टोलीसँग आज भएको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावनाचाँही अथाहा रहेको बताएका छन् ।

कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रधानमन्त्री ओलीले प्रशंशा गरेका छन् । उनले वर्तमान सरकारले रासायनिक मल उत्पादन गर्ने कारखानालाई निरुत्साहित गरेर प्राङ्गारिक मल उत्पादन गर्ने कारखानालाई प्रोत्साहन गरिने प्रधानमन्त्री ओलीले बताए ।

‘कर्णालीका हरेक उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस्’ प्रधानमन्त्री ओलीले भने ‘त्यहाँका जनावरले जडिबुटी चरेका छन् । तिनीहरुबाट उत्पादन हुने बस्तुको मूल्य अन्यत्रको भन्दा महंगो हुन्छ ।’ प्रधाननमन्त्री ओलीले कर्णालीको स्याउ, यार्चागुम्बा समृद्धिका स्रोत भएको बताए ।

‘विकशित देशको औषधी हालेको नक्कली होइन, कणार्लीमा फलेको अर्गानिक स्याउ हो भनेर अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्नुपर्छ ’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

कर्णालीको विकासमा केन्द्र सरकारको सकारात्मक सहयोग रहने प्रधानमन्त्री ओलीले बताए । ‘कर्णालीमा बाटो, पुल बनाउने, प्राविधिक विद्यालय खोल्ने र नयाँ सहर बसाउने जिम्मा सरकारको हो’ प्रधानमन्त्री ओलीले भने ‘त्यसदेखि बाहेकका काम तपाईंहरु लाग्नुहोस् ।’

कर्णालीको समस्या अवगत गराउन मुख्यमन्त्री शाही, प्रदेश प्रमुख दुर्गाकेशर खनाल , सभामुख राजबहादुर शाही लगायत मन्त्रीहरु समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस