निजामती कर्मचारीलाई स्कुल/कलेज पढाउन छुट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजामती कर्मचारीलाई स्कुल/कलेज पढाउन छुट


प्रशासन विशेष ब्युरो

४ चैत्र २०७४, आइतबार


काठमाडौं । निजामती कर्मचारीले व्यापार, व्यवसाय वा अन्य क्षेत्रमा जागिर खान चाहेमा कार्यालय समयभन्दा बाहिरको समयमा काम गर्ने गरी सरकारले पूर्व स्वीकृति लिनेसम्बन्धी मापदण्ड २०७३ बनाएको छ ।

सो मापदण्डलाई टेकेर निजामती कर्मचारीले कार्यालय समयबाहिरको समयमा काम गर्ने भन्दै स्कुल क्याम्पसमा अध्यापन वा अन्यत्र काम गर्न स्वीकृति लिन संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिने क्रम बढेको छ । मापदण्डअनुसार निजामती कर्मचारीले शैक्षिक, प्राज्ञिक तथा अन्य प्रशिक्षण संस्थामा प्रशिक्षण तथा अनुसन्धान गर्न पनि पाउँछन् ।

संघीय तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी सुप्रभा खनालले सरकारले मापदण्ड ल्याएपछि हालसम्म संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यालय समयबाहिरको समयमा काम गर्नेगरी स्वीकृतका लागि ४५ जनाले निवेदन दिएका बताइन् । ती निवेदन स्वीकृत भएमा कार्यालयलाई बाधा नपर्नेगरी उनीहरुले कार्यालयबाहिर सेवा दिन सक्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस