२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृष्टिविहिन दम्पतीका दुःख ‘न सन्तति,न त साहारा’

अ+ अ-

भीमदत्तनगर । कल्पना गर्नुहोस्, एउटा दृष्टिविहीन दम्पतीको दिनचर्या कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ, कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत ।

सहयात्राको अढाइ दशकदेखि यस्तै अभाव र संघर्षसित जुध्दै आउनुभएका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका दृष्टिविहीन दम्पती ५२ वर्षीय रामा राना र ५० वर्षीया सुदामा राना गाउँले र छिमेकीको सहयोगले दिन काटिरहेका छन् ।

आर्थिक अवस्था निकै कमजोर भएका दृष्टिविहीन रामा रानाले २०५२ सालमा पुनर्वास नगरपालिकाकी सुदामासित मागी विवाह गरेका थिए । ‘दुवै दृष्टिविहीन छौँ,’ रामा रानाले भन्नुभयो, ‘जिन्दगीमा न सन्तति भए, न त सहारानै मिल्यो ।’ सहोदर चार दाजुभाइ भए पनि अलग अलग भइसकेको उनले बताए । आँखा नदेखे पनि सुदामाको काम भने कुनै सपाङ्गको भन्दा कम छैन । पचास वर्षीया सुदामाकै सक्रियताले दिन धकेलिरहेको उनको भनाइ छ ।

‘दृष्टिविहीन सुदामा (श्रीमती) घरमा खाना पकाउनेदेखि सरसफाइसम्मको सबै काम गर्न सक्छिन्,’ रामाले भने, ‘मेरो हरेक पाइलामा श्रीमतीको साथ छ ।’ आफूसित भएको छ धुर जमिनमा घर बनाएर बसेका दृष्टिविहीन दम्पतीलाई छिमेकीले भने राम्रै सहयोग गर्ने गरेका छन् । ‘घरमा सरसामान सकिँदा पनि छिमेकीले ल्याइदिन्छन्,’ सुदामाले भने, ‘अपाङ्ग भत्ताले सामान्य खर्च टरेको छ ।’ ‘आँखा नदेखे पनि घरको सबैतिर के कहाँ छ भनेर छामेरै थाहा पाएका हुन्छौँ, उनले भने, ‘आगन्तुकहरु बोलाउन प्रायः टेलिफोनसमेत गर्छन् ।’

मोबाइल समेत चलाउने गरेकी सुदामाले मोबाइलकै नम्बर थिचेर समय थाहा पाउने बताइन् । ‘मोबाइलमा फोन आउँदा पनि उठाउँछु,’ नोकियाको मोबाइल सेट देखाउँदै सुदामाले भनिन, ‘अहिले बुढा सुगरको बिरामी परेकाले समस्या बल्झिएको छ ।’

थारु समुदायमा झण्डै चार दशकदेखि वैद्यको काम गर्दै आएका रामा रानाले समुदायको भलमन्साले तोकेको जिम्मेवारी बहन गर्दै आएका छन् । ‘भलमन्साले मलाई तीन वटा गाउँको वैद्यको काम दिएका छन्,’ रामाले भभने, ‘सोही काम गरेवापत प्रतिपरिवार साढे ३७ किलो धान वर्षेनी पाउँछु ।’ आफूले गर्दै आएको सामान्य झारफुकले निको हुने गरेको भन्दै समुदायका नागरिक आफूकहाँ लामो समयदेखि आइरहेको उनको भनाइ छ ।

पछिल्लो समय कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको चवन्नी गाउँ, कृष्णपुर नगरपालिकाको बण्ड र वाणी गाउँमा रहेको थारु बस्तीको जिम्मेवारी आफूलाई रहेको रानाको भनाइ छ । केही वर्षयता वैद्यभन्दा पनि औषधि उपचारमा जानुलाई उनी सकारात्मक रुपमा लिन्छन् ।

‘धामीझाँक्री भन्दै अनावश्यक कुरामा जान्ने हुनु राम्रो हुँदैन,’ उनले भने, ‘भूतप्रेत निको पार्ने काम भए ठिकै हो ।’ कैलाली–कञ्चनपुरका विभिन्न राना थारु बस्ती पुगिसकेका दृष्टिविहीन राना दम्पतीले सरकारसित अपाङ्ग भत्ता वृद्धिसँगै रासन कार्ड हुनुपर्ने माग गरे ।

‘रासन कार्ड भए हामीलाई खाद्यान्नको समस्या हल हुन्थ्यो कि,’ रामाले भने, ‘सरकारले दिएको भत्ता पनि थोरै भयो ।’ छडीको सहारामा टाढा–टाढासम्म पुग्ने गरेका राना दम्पती गाउँमा हिँडडुल भने सहजै गर्छन् । मुलुकमै कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायमा पछिल्लो समय परम्परागत विभिन्नखाले धार्मिक मान्यता लोप हुँदै गइरहेको रानाको भनाइ छ ।

केही समययता झलारी बजारलगायतका स्थानीय शहरमा समेत मागेर जीविकोपार्जन गरेको बताउँदै रानाले शुक्लाफाँटा नगरपालिका कार्यालयबाट पनि एक हजार सहयोग प्राप्त भएको बताए । ‘मेयर सापसित मेरो पुरानै चिनजान हो,’ रानाले भने, ‘सहयोग मागे मेयर साप खाली हात फर्काउदैनन् ।’

प्रतिक्रिया दिनुहोस