मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली


२ चैत्र २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । ओलीले संघीय समाजवादी फोरमका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एमाले, माओवादी र संघीय समाजवादी फोरमबाट मन्त्रीहरु थप्ने छन् । उनले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

सरकारमा हाल एमाले र माओवादीका सात मन्त्री छन्। राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा नजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस