५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निकायलाई अधिकार हस्तान्तरण

अ+ अ-

दाङ । जिल्ला जनस्वास्थ्य कार्यालय, दाङले आफूले सञ्चालन र प्रयोग गर्दै आएको अधिकार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

बिहीबार घोराहीमा जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले नगर प्रमुख नरुलाल चौधरीलाई नगर क्षेत्रको स्वास्थ्यका गतिविधि सञ्चालन तथा नियमन गर्नका लागि अधिकार हस्तान्तरण गरेका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रवाह हुँदै आएका सेवा तथा नियमन गर्ने अधिकारसहित जिम्मेवारीको फाइल नगर प्रमुख चौधरीलाई हस्तान्तरण भएको हो ।

यसैबीच, नगरको स्वास्थ्य सेवालाई गुणस्तरीय र सुनिश्चित बनाउन नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा समितिसमेत गठन भएको छ ।

स्वास्थ्य गुणस्तर सुनिश्चितता समितिको आमन्त्रित सदस्यमा उपप्रमुख सीता न्यौपाने, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, शाखा अधिकृत बाबुराम पन्थी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पवित्रा विश्वकर्मा, कृष्णादेवी राना, विमला पौडेल, दधिराम खनाल, श्रीमन न्यौपाने र सदस्य सचिवमा स्वास्थ्य महाशाखाका कुमार डाँगी रहेको समिति गठन भएको हो ।

समितिले उपमहानगर क्षेत्रभित्रका सरकारी तथा निजी अस्पतालको अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । नगर क्षेत्रका सबै सरकारी र निजी उपचार केन्द्रले प्रदान गर्ने सेवालाई गुणस्तरीय, भरपर्दो, सुरक्षित बनाउने र कानूनी प्रक्रियामा नरहेका अस्पताललाई नियमन गर्ने गरी समितिलाई सरकारले अख्तियारी दिएको जनस्वास्थ्य प्रमुख पोख्रेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस